सर्वोच्चद्वारा समेत कारागारमै राख्न आदेश दिइएका रास्वपा सभापति रवि लामिछानेको जेल स्थानान्तरणसम्बन्धी निवेदन अलपत्र परेको छ ।
जेठ तेस्रो साता भैरहवाका जेलर सुरेश भण्डारीसमक्ष बुझाइएको निवेदनउपर हालसम्म पनि कुनै निर्णय नभएको बुझिएको छ ।
एक करोड रुपैयाँँ धरौटी बढी भएको भन्दै उच्च अदालत, तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन गरेकोमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गत चैत २२ गते जिल्लाका प्रल्हादकुमार योगीको आदेश बदर गर्दै उनलाई छविलाल जोशी बञ्जाडेसँगै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
त्यसपछि कारागारको चार नम्बर ब्लकमा एक्लै राखिएको छ । गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले जारी गर्न नमानेपछि काठमाडौं सरुवाका निम्ति अनुरोध गरेका थिए ।
स्वास्थ्य र गर्मीको कारण देखाएर जेल सर्न खोजेका उनको सो निवेदनमाथि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
रूपन्देही जिल्ला कारागारले निवेदनबारे कुनै जानकारी नआएको जनाएको छ ।