रास्वपाका सभापति रवि लामिछानेले पार्टी गठनअघि सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमाल, अनिल केशरी शाहलगायत व्यक्तिहरूलाई नेतृत्व सम्हाल्न आग्रह गरेको तर कसैले नमान्दा आफू सभापति बनेको बताएका छन्।
पार्टीको तेस्रो स्थापना दिवसमा भैरहवा जेलबाट पठाएको सन्देशमा उनले लेखेका छन्, “पार्टी दर्ताअघि नेतृत्वका लागि हारगुहार गरेँ, पार्टी खोलेपछि पनि उम्मेदवार बन्न धेरै ढोका ढकढक्याएँ, तर खासै साथ पाइनँ र आफै सभापति बने।”हाल रवि लामिछाने सहकारीको रकम अपचलन गरेको केशमा कारागारमा छन् ।