रवि लामिछानेपत्नी निकिताको चित्कार !

कसको कति पैसा खायो मेरो लोग्नेले ? आर्थिक विषयको मुद्दामा करोड करोड धरौटी लिइसकेपछि पनि मान्छेको हाड, छाला, पसिना, रगत लिने ?

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लेख्छिन् – “एउटा प्रश्न बाट शुरू गर्छु : यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ?
आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अ’पराध रे अनि सम्पत्ति शुद्धिकरण रे ! हाम्रो भेट नहुदै मैले आफ्नो व्यवसाय गरी कमाएको सम्पत्ति लाई समेत कसुर गरी कमाएको भनेर सम्पत्ति शुद्धिकरणको मुद्दा कसरी चल्न सक्छ ? रवि लामिछाने कुनै पनि सहकारीको सदस्य शेरधनी बचतकर्ता कर्मचारी भएको एउटा प्रमाण छ भने आउनुस् म कहाँ । देखाउनुस् मलाई प्रमाण। श्रीमान कारागारमा भएपनि म यहीँ छु।
कसको कति पैसा खायो मेरो लोग्नेले ? आर्थिक विषयको मुद्दामा करोड करोड धरौटी लिइसकेपछि पनि मान्छेको हाड,छाला,पसिना,रगत लिने ? यही हो अनुसन्धान ?यही हो न्याय ?यही हो सरकार ?यही हो अदालत ? यही हो बुद्धिजीवी समाज ?यही यो मानवअधिकार ? यो देश तीन वर्ष राजनीति गरेको मेरो लोग्नेले लुटेको हो ? देशकै सबैभन्दा ठूलो अ’पराधी जस्तो एउटा मान्छेलाई कति मुद्दा लगाएको,कति दुःख दिएको, कति अपमानित गरेको ? कसरी सहेको होला उसले ।
पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा म दु:ख-पीडाको पहाडले थिचिएको छु । म घर सम्हाल्छु,तिमी देश सम्हाल भनेर मैले हाँसी हाँसी सिङ्गो देशलाई साक्षी राखेर उसलाई टिका लगाएर पठाएकी हुँ। घरबाट निलो रङ्ग बोकेर निस्केको मेरो श्रीमान किन घर फर्किएको छैन । म राजनीति जान्दिन, जान्नु पनि छैन तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्कने बाटो देखाइदेउ । उसले कुनै अ’पराध गरेको छैन । कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको एक पैसा खाएको छैन।जीवनमा धेरै दुःख कष्ट र संघर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ-आठवटा अदालतको मुद्दा- कसरी झेलौँ , कसरी थेगौँ – आर्थिक अनि मानसिक रुपमा पनि ममाथि बज्रपात भएको छ। हो, जीवनमा दु:ख आइलाग्छ। सास्ती खेप्नुपर्छ। शत्रु लाग्छन्। तर, भवितव्यका रुपमा, अस्थायी प्रकृतिमा। हामीलाई यी सबै आइलागे प्रायोजित रुपमा, त्यो पनि राज्य प्रायोजित। राज्यले
आफ्नो कुनै नागरिकविरुद्ध यो हदको दुश्मनी र यो हदको प्रतिशोध किन साँध्छ?
पाप र धर्ममा विश्वास गर्नेहरुबाट यो हदको अत्याचार हुँदैन। धर्म नमान्दैमा पाप नलाग्ने पनि होइन!
यो अन्यायको पराकाष्ठाको हिसाब-किताब ढिलो-चाँडो यही धर्तीमै हुन्छ। कोही नभए पनि मेरा ‘भगवान’ छन्।
आफ्नो श्रीमान माथि भएको अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु। किनकि चितवनले हामीलाई आफ्नो परिवार मानेको छ।