गायिका समिक्षाले आफूलाई जथाभावी कमेन्ट गर्नेलाई दिईन माफी

समीक्षा अधिकारी

गायिका समिक्षा अधिकारीलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेकोमा एकजना फेसबुक प्रयोगकर्ताले माफी मागेका छन् । माफी माग्दै उनले भनेका छन् समीक्षा बहिनी जे लेखियो त्यसका लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला । आब आइन्दा यस्ता गल्तीसँग नजोडिने वाचा गर्दछु ।

समिक्षाले माफी दिँदै लेखेकी छिन् माफीको दायरालाई मैले नाघ्न सकिन त्यसैले उहाँलाई माफीसँगै अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व पहिले आफूलाई चिन्नुहोस । संघर्षको मैदानमा हिँड्दा हिँड्दै लडेर पनि उठेको मान्छे म अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने कुराको सबै जनाले ख्याल गर्नुहोस।