प्रभु बैंक र पोखरास्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्टबिच छुट सम्झौता

प्रभु बैंक र पोखरास्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्टबिच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरे । जसअनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले उक्त रेस्टुरेन्टमा खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।