पर्सामा श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका हुन्। शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको हो ।
लामो समय बाहिर काम गरेर घर फर्किँदा राम्रो व्यवहार नगरेको भन्दै मियाँले श्रीमतीको हत्या गरेको देखिएको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।