अक्सिजनका लागि १५ वर्षदेखि लडिरहेकी ‘अक्सिजन लेडी’ आईसियुमा, निःशुल्क अक्सिजनको माग फेरि चर्चामा
देशभरका बिरामीलाई स्वास फेर्न आवश्यक अक्सिजन निःशुल्क उपलब्ध गराउनुपर्ने मागसहित लामो समयदेखि अभियान चलाउँदै आएकी सामाजिक अभियन्ता कमला अर्याल यतिबेला आफैं गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। ‘अक्सिजन लेडी’को नामले चिनिने ५९ वर्षीया अर्याललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीर अस्पतालको आईसियुमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार, पछिल्लो समय काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणका कारण अर्यालको स्वास्थ्यमा […]