नयाँ गभर्नरलाई कार्यकालपछि घर लैजान पाउने सुविधाअन्तर्गत गाडी खरिद प्रक्रिया पनि अगाडि बढाइएको बुझिएको छ । जेठ दोस्रो साता बसेको रास्ट्र बैंक सञ्चालक समिति बैठकमा प्रस्तुत एजेण्डाअन्तर्गत पौने २ करोडको गाडी किन्न लागिएको हो ।
बैंकले नयाँ कार्यकारी निर्देशकहरूलाई पनि अवकाशपछि घर लैजान पाउने सुविधामा पौने एक करोडसम्मका गाडी खरिद प्रक्रिया अघि बढाएको छ ।
यसअघि तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपाललाई बैंकले सुविधा सम्पन्न आवासीय भवन उपलब्ध गराएको थियो । काठमाडौं महाराजगञ्जस्थित भाडामा लिइएको घरमा नेपालले पाँच वर्ष बिताएका थिए ।
अहिलेका गभर्नर विश्वनाथ पौडेललाई घर नजिकै पार्किङ उपलब्ध गराउन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
१ हजार १ सयभन्दा बढी कर्मचारी कार्यरत बैंक नेतृत्वले बैंकिंग क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । पौडेलले जिम्मेवारी सम्हालेको दुई सातालगत्तै पश्चिम नेपालको भ्रमणपश्चात् रेवतबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।
सानिमाका पूर्व ूसदाचारी सिइओू भुवन दाहाल सदस्य र बैंकको नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल कार्यदलमा सदस्य सचिव तोकिएका छन् । आगामी मौद्रिक नीति तर्जुमाअघि कार्यदलले बैंकिंग क्षेत्र सुधार सम्बन्धमा सुझाव दिने बताइएको छ ।