भारतमा पुगेर नेपालीमाझ सांसद सोबिता गौतमले भनिन्, ‘सभापतिलाई कारागारबाट निकाल्ने कसैको तागत छ भने त्यो हो– नेपाली जनता । नेपाली जनताले मतको शक्तिबाट निकाल्नुपर्छ ।’‘०८४ को निर्वाचनमा हरेक एक नेपालीलाई आह्वान गर्छु– आफ्नो कर्मभूमिबाट कामको छुट्टि लिएर भए पनि एक वर्ष तपाईंले परीक्षण गर्नका लागि भए पनि तपाईंहरू आफ्नो देश फर्कनुस्,’ ‘०८४ को निर्वाचनमा रास्वपा नै सबैभन्दा ठूलो जनताले रुचाएको पार्टी हो भन्ने देखाउनुपर्छ ।’