पुलिसकै हातबाट फुत्किए दुई जना

चेक अनादर मुध्दामा पक्राउ परेका एक फरार अभियुक्त पुन: भागेका छन् । सोमबार उनि अदालत उपस्थित गराउने क्रममा अभियुक्त विजयशंकर झा भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय,मोरङले विभिन्न मुद्दाका २९ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । जसमा झा पनि थिए ।

उनीहरु सबैलाई  मोरङ जिल्ला अदालत उपस्थित गराइएको थियो । सो क्रममा उनी अचानक भागेको मोरङ प्रहरी कार्यालयले जनाएको छ ।

उता, हुम्लामा पनि एक जना चोरीका अभियुक्त प्रहरीको हातबाट फुत्किएर भागेका छन् । यसअघि बाल सुधार गृहमा बसेका शक्ति सुनार प्रहरीले पक्रेर कार्यालय ल्याउने क्रममा फरार भएका हुन् ।