मुक्तिनाथ विकास बैंकबाट विदेश जाने विद्यार्थीको भिसा र शैक्षिक शुल्क तिर्न सकिने

मुक्तिनाथ विकास बैंक muktinath

मुक्तिनाथ विकास बैंकले विदेश अध्ययन गर्न जाने विद्यार्थीले भुक्तानी गर्नुपर्ने भिजा तथा शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाटै तिर्न सकिने सेवाको सुरुवात गरेको छ ।

एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिस, महाराजगन्ज र बैंकबिच एक सम्झौता गरी शैक्षिक शुल्क भुक्तानीसम्बन्धी कार्यको सुरुवात गरिएको हो । विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले भिजा फी, स्याट तथा सेभिज फी, पिटिई, एप्लिकेसन फी तथा जिम्याटलगायतका शैक्षिक शुल्क बैंकबाटै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले यो सेवा हालका लागि महाराजगन्ज र कमलादी शाखाबाट सुरु गरेको जनाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकका एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

आम सर्वसाधारणको सहजताका लागि बैंकले यस्ता विविध कार्यहरू गर्दै आइरहेको छ ।