इराकले कतारस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणपछि विभिन्न देशबाट कतारमा हुँदै आएको उडान प्रभावित भएको छ।
कतारमा हवाई उडान रद्द गरिएको बिरोधमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु भेला भएका छन्। नेपालसहित विभिन्न देशका यात्रुले विमानस्थमा भेला भएर हवाई उडान रद्ध गरिएको घटनाको विरोध गरेका छन्।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको जहाज मस्कट डाइभर्ट भएको थियो। दोहा विमानस्थल बन्द भएपछि मस्कट डाइभर्ट भएको जहाज पुन: दोहामा अवतरण भएको छ।
कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेपछि काठमाडौँबाट उडेको कतार एयरवेज विमान दोहामै अवतरण गरेको हो।
यो विमान नेपाली समय अनुसार गए राति २:२९ बजे दोहा ल्याण्ड भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
दोहा विमानस्थल पु:न सञ्चालनमा आएपछि विभिन्न गन्तव्यका लागि कतारमा रोकिएका उडान पनि नियमित भएका छन्।
इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। यसबाट लाखौँ यात्रु प्रभावित बनेका थिए।