विकाश हाइड्रोपावरले यहि १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४।५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।