के कम्युनिष्ट पार्टी एक हुने नै हुन ?

प्रमुख प्रतिपक्षी दल नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बीच भेट भएको छ।

नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो।

भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङको सहभागी थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा उपस्थिती देखिन्थ्यो ।

संसदमा भइरहेको गतिविधि, मुलुक र विश्वको अवस्थामा दुई पार्टीबीच छलफल भएको बुझिएको छ ।
यो छलफलले दुई पार्टी एक हुन्छन् त भन्ने प्रश्न सर्वत्र खडा छ ।