अन्योलमा काठमाण्डौ महानगरको बजेट : मुख्य पात्रकै कमजोरी

balen vs sunita

काठमाडौ महानगरपालिका मुलुककै ठुलो र राजधानी सहर भएका कारण पनि यो महानगरलाई विशेष रुपमा हेरिन्छ । विशेषगरि गत स्थानीय निर्वाचनमा काठमाण्डौको महानगरमा स्वतन्त्र उमेद्वार बालेद्र शाहको आगमनपछि झन् चर्चा बटुलेको थियो ।

उनको कामगर्ने तरिका हाउभाउ निर्णायक शक्ति हेर्दा सबैले अशा गरिएका मेयरका रुपमा देखिन्थे । तर पछिल्लो अवस्थामा महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको विवादबाट शुरू भएको मेयर , उपमेयर र प्रमुख प्रशासकिय अधिकृतको टकरावले महानगरको नियमित बैठक कामकाज नीति तथा कार्यक्रम र आगामी बजेट नै अन्योलमा परेको छ ।

देशकै केन्द्रबिन्दुमा रहेको यस महानगरले बजेटमा गरेको ढिलाइका कारण मेयर बलेन विवादित  भएका छन् । बलेन मात्र नभएर समन्वयकारी भूमिकामा उपमेयर सुनिता डंगोलको पनि कमजोरी देखिन्छ । महानगरले समयमै बजेट ल्याउन नसकेपछि  मेयर बालेन्द्र शाह बालेन दबाबमा परेका छन्। निर्धारित मितिमा बजेट ल्याउनबाट चुकेपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिले मेयर शाहको ध्यानाकर्षण गराएको छ।