एलिना रमाईन अश्लिल कमेन्टमा

युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने प्रयोगकर्ताको अकाउण्ट धमाधम सार्वजनिक गरेकी छन् ।

उनले पछिल्लो तीन घण्टामा एक दर्जनभन्दा बढी फेसबुक प्रयोगकताको नाम र तस्वीर सार्वजनिक गरेकी हुन् ।

एलिनाले ‘कमेन्टमार्फत् अत्याचार धेरै भयो, अब पालो पोस्ट गर्ने भन्दै’ जानकारी समेत गराएकी छन् । उक्त जानकारीपछि साढे नौ लाखभन्दा बढी फ्लोअर भएको आफ्नो फेसबुक अकाउण्टबाट अश्लिल कमेन्ट गर्नेहरुको प्रोफाइल लिंकसहित नाम र तस्वीर सार्वजनिक गरेको देखिन्छ । ​​​​​​

एलिनाको तस्वीर भिडियोमा अमर्यादित र अश्लिल गालीगलौज गर्नेहरुमा राकेश श्रेत्री, दावांग शेर्पा, एवन क्षेत्री, सजन लामा, डेभिड क्षेत्री, आर्यन सिंहलगायत छन् ।

रोचक के भने, एलिनाले धमाधम अश्लिल कमेन्ट गर्नेहरुको नाम र तस्वीर सार्वजनिक गरेपछि कतिपय प्रशंसकहरुले भने त्यसो नगर्न सुझाव दिएका छन् । कतिपय विरोधीहरुले नराम्रो कमेन्ट गर्दैमा जुहारी नखेल्न शुभचिन्तकहरुको आग्रह छ । विकास पौडेलले भनेका छन्, ‘दुई चार जनाले नराम्रो कमेन्ट गर्दैमा उसैसँग जुहारी खेल्ने होइन, सेलिब्रेटी भएपछि त्यसलाई नजरअन्दाज गर्नुपर्छ, बहिनीलाई जुहारी खेल्न मन लागेकै भए त म के भनु र !