नेपाल बैंक र आइभिएफ एन्ड रिसर्च सेन्टरबिच छुट सम्झौता

नेपाल बैंक र आइभिएफ एन्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई उपचारमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा बैंकका कर्मचारी र ग्राहकलाई विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट दिने उल्लेख गरिएको छ ।

साथै, गाइनोकोलोजी कन्सल्टेसन र आइभिएफ विशेषज्ञसँको परामर्शमा शतप्रतिशत छुट हुने बताइएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आइभिएफ एन्ड परसर्च सेन्टरका अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका छन् ।