विद्युतीय शवदाह घोटाला : इमानका कारण जोगिए पर्यटनमन्त्री पाण्डे

पर्यटनमन्त्री बद्री पाण्डे

लास जलाउने विद्युतीय शवदाह उपकरण घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘पशुपतिनाथ’ले जोगाएका छन्।

स्रोतका विद्युतीय शवदाह उपकरण खरिदमा ठेकेदारलाई भुक्तानी गर्नका लागि मन्त्री पाण्डेमाथि चर्को दबाब थियो। तर, दबाबमा परेर उनले भुक्तानी दिन लिखित निर्देशन नदिएर उक्त घोटालामा तानिनबाट जोगिएका छन्।

सार्वजनिक खरिद कानुन मिचेर अनियमित तरिकाले चर्को मूल्यमा खरिद गरिएको विद्युतीय शवदाह उपकरणको साढे ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी थियो। उक्त भुक्तानी दिनका लागि राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट चर्को दबाब आएपनि उक्त कुकर्म गर्नबाट मन्त्री पाण्डेलाई ‘पशुपतिनाथले जोगाएका’ हुन्। नत्र उनी पनि सुदन किराँँती जस्तै अख्तियारमा बयान दिन जानुपर्थ्यो ।

पर्यटनमन्त्री पाण्डे स्वस्छ छवि भएका र अहिले क्याबिनेटमा मन्त्रीहरुमा राम्रो काम गर्नेमा गनिन्छन् ।