नवप्रभात डेरीद्वारा उत्पादित “राजा दही” कृषिमन्त्रीद्वारा सार्वजनिक

पाटन औद्योगिक क्षेत्रस्थित श्री नवप्रभात डेरी उद्योगले “राजा दही” नामक नयाँ दही ब्राण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाल डेरी एसोसिएसनको आयोजनामा आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा सम्पन्न “दही चिउरा खाने विशेष कार्यक्रम २०८२” को अवसरमा उक्त ब्राण्डको औपचारिक लञ्चिङ गरिएको हो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले संयुक्त रूपमा “राजा दही” ब्राण्ड सार्वजनिक गर्नुभयो।

कार्यक्रममा नवप्रभात डेरीका प्रतिनिधिहरूले राजा दहीलाई स्वास्थ्यवर्द्धक, स्वच्छ र पोषणयुक्त दहीको रूपमा बजारमा ल्याइएको जानकारी गराएका थिए।

नवप्रभात डेरी उद्योगले यसअघि नै “नवप्रभात मोही” ब्राण्डमार्फत मोही उत्पादन र वितरण गर्दै आइरहेको छ। उद्योगले विभिन्न प्रकारका दुग्धजन्य पदार्थहरू उत्पादन गर्दै आएकामा हाल “राजा दही” ब्राण्ड थपिएको हो।

कम्पनीले आफ्ना उत्पादनहरूमा गुणस्तर, पोषण र स्वच्छताको विशेष ध्यान दिँदै उपभोक्ताहरूको विश्वास जित्न सकिने विश्वास व्यक्त गरेको छ। नवप्रभात डेरीले भविष्यमा अझ आधुनिक प्रविधिबाट दुग्ध उत्पादन विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ।