पाल्पाको रानीमहललाई पुरानै स्वरूपमा पुनस्थापना गरी संरक्षण गरिने भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पाका जनप्रतिनिधि, पुरातत्त्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले रानीमहलको ऐतिहासिक स्वरूप कायम राख्दै संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेका हुन् ।
अर्थमन्त्री पौडेलले रानीमहललाई दुर्लभ र महत्त्वपूर्ण सम्पदाको रूपमा उल्लेख गर्दै यसको पुरानो शैली र संरचनासँग सम्बन्धित सामग्री सङ्कलन गरी अध्ययन गर्न, गुरुयोजना तयार गर्न र कार्यान्वयन विधि बनाउन पुरातत्त्व विभागलाई निर्देशन दिएका छन् ।
उनले ऐतिहासिक एवम् पुरातात्विक महत्त्वलाई प्राथमिकता दिँदै कालीगण्डकी नदीको कटान र पहिरो व्यवस्थापनलगायत निर्माण कार्य अघि बढाउन जोड दिए । राणाकालमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            