रविलाई न्याय दिलाउनेहरु युएइमा पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अन्याय भयो भनेर हस्ताक्षर र सहयोग संकलन गर्दै हिंड्ने नेपालीहरू युएइमा पक्राउ परेका छन् ।

हस्ताक्षर गराउँदै हिँडिरहेको अवस्थामा उनीहरूलाई मिडल इस्ट सेक्युरिटी क्याम्प आबुधाबीबाट त्यहाँको प्रहरी (सिआइडी) ले समातेको हो ।
पक्राउ पर्नेहरूको सङ्ख्या ५० हाराहारीमा रहेको र उनीहरूलाई आवश्यक सोधपुछका लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ ।

युएइको कानुनले राजनीतिक गतिविधि वर्जित गरेको छ।