प्रधानमन्त्री केपी शर्मा ओलीले आज लाई मन्त्रिपरिषद् बैठक राख्नुभएको छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
आज बिहान पौने १० बजे निजी चिकित्सक डा. दिव्या शाहसँग र लगत्तै मुख्यसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्रीले भेटेर केही कुराको बृफिङ्ग लिनुभएको छ ।
११ बजे प्रधानमन्त्री ओलीसँग भेटघाटका लागि प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु बालुवाटार पुगेका छन् । यसैगरी सिंहदरबारमा मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीलाई समय दिइएको छ ।
चिकित्सकहरुसँगको भेटपछि माननीय सीता गुरुङ र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
आजको यस्तो कार्यक्रमले सबैलाई प्रश्न खडा भएको छ, के हो यस्तो केपी बा ?