नयाँ फिल्म : हिम मानव

आगामी भदौ २७ गते रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ रहस्यमयी हिममानव यतीसहितको एआई भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा यति सिनेमा हलको बक्सअफिसमा पुगेर फिल्म अभिमन्यु कहिले लाग्छ भनेर सोधेको दृश्य देखिन्छ। ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा बनाएर सिनेमाको प्रयोग गरिएको छ।

फिल्म हाल पोस्टप्रोडक्सनमा छ। सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतले अभिनय गरेको फिल्ममा पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा छ।

सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्माणाधीन फिल्ममा सुशान्त गौतमको डेब्यु निर्देशन रहेको छ।

फिल्ममा बाटो : रोड टु डेथका निर्देशक मदन थापा क्रिएटिभ निर्देशक रहेका छन्।

रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता तथा जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतो छायांकन निर्देशक र मदन घिमिरे सम्पादक रहेका छन्।