साउन २९ देखि पूरक परीक्षा हुने

एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।

नतिजाअनुसार ३.६ देखि ४ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ८९६ रहेको छ ।

यसैगरी ३.२ देखि ३.६ सम्म ल्याउने ४८,१७७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने ८१,३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९,१२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८,४९९ जना, २.० देखि २.४ जीपीए ल्याउने ४१३६ जना र १.६ देखि २.० जीपएसम्म ल्याउने ८ जना रहेका छन् ।

यो पनि हेर्नुहोस्

http://एसईई नतिजा सार्वजनिक

१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ​१ लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण ुननग्रेडेडु भएको बोर्डले जनाएको छ ।

२०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ४ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।

यो पनि हेर्नुहोस्

http://राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु