सिन्धुपाल्चोकको मेलम्चीमा यात्रुबस दुर्घटना भएको छ । बागमती प्रदेश –३–०१–००५ ख. ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो ।
बसमा सवार आठ जना घाइते भएका छन् ।
घाइतेको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौँ रेफर गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चालक महेश्वर ढकालसहित अन्य दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
पाँच पोखरी गाउँपालिकाको तिपेनीबाट काठमाडौँका लागि छुटेको यात्रुबस मेलम्ची नगरपालिका–११ मा करिब १ बजे सडकबाट बगरमा खसेको हो ।