नेपाल एसबिआई मर्चेण्ड बैंकिङको (सिइओ) मा सन्तोषकुमार भण्डारी नियुक्त

नेपाल एसबिआइ मर्चेनद

नेपाल एसबिआई मार्चेण्ड बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । १३ असारमा बसेको सञ्चालक समितिको ७१औँ बैठकले शुक्रबारदेखि नै लागू हुने गरी भण्डारीलाई नियुक्त गरेको हो ।

यसअघि भण्डारी नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारीमा थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य–अनुभव भएका भण्डारी स्रोतसाधन परिचालन तथा व्यवस्थापन नेतृत्वमा कुशल मानिन्छन् ।

एसबिआई मर्चेन्ट एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।