विपिन प्रसाद शर्माको घातक बलिङ र प्रसिद्ध जैसीको शतकमा नेपाली युवा टोलीले एसिसि यू–१६ पुरुष इष्ट जोन कपमा इन्डोनेसियामाथि कीर्तिमानी जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको छ। प्रतियोगितामा अपराजित रहेको नेपाल लगातार तेस्रो जित दर्ता गर्दै अन्तिम चारमा पुगेको हो।
समुह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानसँग खेल्नेछ। नेपालले दिएको ४ सय २१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रन बनाउँदा अलआउट भयो।
यो पनि पढ्नुहोस् :