विद्यालय शिक्षा विधेयक असार मसान्तभित्र आउँछ : एमाले सांसद महेश बर्तौला

Mahesh bartaula महेश

प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा विधेयक संसदमा अनेक अवरोधका कारण समयमा पास नभएको बताएका छन् ।
आईतबार साँझ एक कार्यक्रममा बोल्दै सांसद बर्तौलाले हामीले शिक्षक ज्यूहरुसंग सम्झौता गरी असार पन्ध्रसम्ममा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा बाट पारित गराउने जोडमा थियौं ।
अन्य दलका साथीहरुले विभिन्न नाममा गर्नुभएको विरोधका कारण प्रतिनिधिसभा बैठक बस्न नसकेर केही नभएपनि असार मसान्तभित्र यस विधेयक पास हुनेमा सबै सरोकारवाला हरुलाई निश्चिन्त रहन आग्रह समेत गरेका छन् ।