नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९४ र बिक्रीदर १६० रुपैयाँ ६५ छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ १८ र बिक्रीदर १८८ रुपैयाँ छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ३९ र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ र बिक्रीदर ४४८ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २८ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा थियो।