सांसद सुमना श्रेष्ठले ज्या’न मुद्दामा सफाइ पाएका पूर्वसांसद अफताब आलमविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न माग गरेकी छिन्।
उनले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्दै, उच्च अदालत वीरगञ्जको फैसला सर्वोच्चमा पुनरावेदन गरी न्याय सुनिश्चित गर्न ध्यान दिन आग्रह गरेकी हुन्।
उनले यस्तो संवेदनशील मुद्दामा राजनीतिक प्रभावभन्दा माथि उठेर कानुनी प्रक्रिया पूरा हुनुपर्ने र पीडित पक्षको उचित न्याय सुनिश्चित गरिनुपर्ने तर्क राखेकी छिन्।