काउली लगायत केहि तरकारी सस्तो तर भन्टा महँगियो

कालीमाटी तरकारी बजार विकास समितिले आज मंगलबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। कतिपय तरकारीको मूल्य भने बढेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज काउली, परबल, बोडी र च्याउको मूल्य केही घटेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६३, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ४२, रातो आलु ४२, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ८६, बन्दा ३४, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २४, लाम्चो भन्टा २६, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३४, लोकल परबल ४६, घिरौँला ४७, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी ३५, पाकेको फर्सी ४४, भिन्डी ४१, कन्य च्याउ १५५, डल्ले च्याउ ३२५, ब्रोकाउली ६२, न्युरो ५५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, टनेलको गोलभेँडा ४१, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ८५, बन्दा ३६, स्थानीय काउली ६२, हाइब्रिड सेतो मुला २५, लाम्चो भन्टा २१, डल्ले भन्टा ३६, तने बोडी ३८, मकै बोडी ७३ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ३४, लोकल परबल ३५, घिरौँला ६३, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३४, डल्ले फर्सी ३६, पाकेको फर्सी ४२, भिन्डी ३५, कन्य च्याउ १६८, डल्ले च्याउ ३७५, ब्रोकाउली ६४, न्युरो ५५ रुपैयाँ प्रतिकिलो थियो।