शिक्षक महासंघ : असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ ।

गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म कुर्ने भएको छ ।

‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि २३ असारलाई बोलाइएकोले त्यो दिनसम्म कुर्छौं,’ शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन ।

शिक्षक महासंघ ७५र२५ प्रतिशतबाट ब्याक हुन नसक्ने अडानमा छ ।

शिक्षा मन्त्रालयमा पनि ७५र२५ प्रतिशतमा सहमति भएको हो । तर शिक्षा मन्त्रीले तोडमोड गरेर लगेको हो । कासमा ९० अंक आउँदैन । यसलाई घटाएर ८० सम्म ल्याउनुपर्छ शिक्षकहरुको माग छ ।

‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

‘गत १७ वैशाखमा नै ऐन जारी नभए आन्दोलन गर्ने भनेको हो । यसको विकल्प नभएको शिक्षकहरुको भनाई छ ।ि

शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो ।