अध्यागमन अधिकृतको घाँटीमा पासो : गृहमन्त्रालय एमालेको हुने

बजेटलगत्तै अर्थ र गृह साँटासाँट गर्ने र उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेललाई हटाउने कार्य भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

गत ७ जेठमा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर हाजिरी–जमानीमा छाडेको गृहमन्त्रालयले जनाएको छ ।
वास्तवमा भन्ने हो भने्, भिजिट भिसा ‘मानव तस्करी’ को लहरो गृहमन्त्री रमेश लेखकसम्म जोडिएको छ ।

लेखक मन्त्री भएपिच्छे उनको सचिवालयमा पुग्छन् बद्री तिवारी, जनक भट्टदेखि गणेशदत्त ओझा र विमल पौडेलहरू ।

यो प्रकरण बाहिरिनु अघिल्लो रात सहसचिव तीर्थ भट्टराई कास्कीको प्रजिअ बन्ने गरी गृहमा फर्काइनु र यसअघि भिजिट भिसा प्रकरणमा एक लाख धरौटी तिरेर उन्मुक्ति पाएका शाखा अधिकृत विमल पौडेललाई गृहको एउटा कोठाबाट अर्को कोठामा सारिनुले पनि ‘दालमें कुछ काला’को शंकालाई बल पुर्‍याएको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।

बजेटपछि अर्थ मन्त्रालयको खासै काम हुँदैन । ‘मिस पबीजस्ता टिकटकेहरूले प्रधानमन्त्रीसँग हाँसोठट्टा गर्ने समय पाउँछन् तर अर्थमन्त्रीले निर्देशन लिन मध्यरात कुर्नुपर्छ, त्यो पनि उभिइ–उभिइ भेटेर फर्कनुपर्छ ।’ अर्थ र गृह साँट्ने खेलकै कारण बजेटकै मुखमा अध्यागमनमा अख्तियारको सरगर्मी बढेको देखिन्छ ।

हिलेसम्म कांग्रेसबाट जति पनि गृहमन्त्री बने, धेरैजसो मुद्दा मामिला र झमेलामा फसेका छन् । खुमबहादुर खड्का, गोविन्दराज जोशी, बालकृष्ण खाँड लगायत उदाहरण हुन् । रमेश लेखक पनि पछि नपरेको देखिन्छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा मुद्दा ०७६ माघमा विशेष अदालतमा दायर भएकोमा लामो समय फरार रहेका विजय गच्छदार, शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै भोलिपल्ट १० लाख धरौटी बुझाएर उम्किएको देख्न सकिन्छ ।
यतिमात्र होइन गृहसचिव गोकर्णमणि दुवाडीको जोडबलमा त्रिवि अध्यागमन पुगेका एक अधिकृतले आफ्नै घरमा पासो लगाएर प्राण फालेको भेटिएको छ । गोकर्णमणि दुवाडी निर्वाचन आयोगमा हुँदा उनको सचिवालयमा थिए, प्रकाश भण्डारी । दुवाडी भूमि हुँदै गृहमा पुगेपछि उपनिर्वाचनताका भण्डारीलाई हुम्ला खटाइएको थियो कामु प्रजिअका रूपमा ।

उपनिर्वाचन सकाएर दुई हप्तामै गृह फर्किई सचिव दुवाडीको सचिवालयमा कार्यरत थिए ।

गोकर्णकै निगाहमा केही समयपछि त्रिवि अध्यागमन गए । उनै भण्डारीले भिजिट भिसा प्रकरण उत्कर्षमा पुग्दै गर्दा आत्महत्या गरेको गृहका अधिकारीहरूले बताए । भण्डारी आफैँले डोरी किनेर ल्याई भर्‍याङमुनि घाँटीमा पासो लगाएर प्राण त्यागेका हुन् ।

यी सबै प्रमाणले अर्थमन्त्री पौडेलले केहि दिनमै राजीनामा दिएर अर्थ कांग्रेसले लिने र गृहमन्त्री एमालेले लिने निश्चित भएको छ ।

भिजिट भिसा प्रकरण एक तीर, दुई शिकार त होइन ? प्रश्न सबैमा उब्जिएको छ ।