च्याउ, गोलभेँडा र आलु आज महंगो तर बन्दा र गाँजर सस्तो

कालीमाटी तरकारी बजार विकास समितिले आज बुधबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटबढ् हुँदा धेरैजसो तरकारीको मूल्य हिजो अस्तीकै यतावत छ। कालीमाटीमा आज च्याउ, गोलभेँडा, आलुसहित केही तरकारीको मूल्य बढेको छ। तर, बोडी, बन्दा र गाँजर लगायत केही तरकारीको भाउ भने थोरै घटेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २८, टनेलको गोलभेँडा ३९, रातो आलु ४४, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, बन्दा २७, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला १८, लाम्चो भन्टा २६, डल्ले भन्टा ३५, तने बोडी ३३, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ३१, लोकल परबल ४०, घिरौँला ५५, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३०, डल्ले फर्सी ३६, पाकेको फर्सी ४२, भिन्डी ४०, कन्य च्याउ १७०, डल्ले च्याउ ३२५, ब्रोकाउली ६६, न्युरो १२५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६३, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ४२, रातो आलु ४२, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ८६, बन्दा ३४, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २४, लाम्चो भन्टा २६, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ३४, लोकल परबल ४६, घिरौँला ४७, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी ३५, पाकेको फर्सी ४४, भिन्डी ४१, कन्य च्याउ १५५, डल्ले च्याउ ३२५, ब्रोकाउली ६२, न्युरो ५५ रुपैयाँ प्रतिकिलो थियो।