रामकुमारी झाँक्रीसँग ३ दिने स्पष्टिकरण माग

नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको समाजवादीले जनाएको छ ।

गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।

त्यस क्रममा उहाले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।