कप्तान सावित्रा भण्डारी साम्बाको गोलमा एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको छ।
उज्वेकिस्तानमा खेलको पहिलो हाफ जारी रहँदा नेपालले २-० को अग्रता बनाएको हो।
पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन्।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो।
डिफेन्डर समीक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोस्टको जाली चुमाएकी थिइन्।