मध्यरातमा सर्वोच्चको निर्णय : संवैधानिक पदाधिकारीको नियुक्ति सदर

संवैधानिक पदाधिकारीको नियुक्ति सदर सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णय गरेको छ।

पाँच न्यायाधीशको इजलासमा तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए । त्यसो हुँदा तीन दुईको बहुमतले नियुक्ति वैध ठहर गरिएको हो।

यो निर्णयसँगै अब ती पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउने भएका छन्।