स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले उनीहरुलाई २३ हजार १ सय कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा नुनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। यस लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा रहेको छ ।