गायिका एलिना चौहानमाथि अभद्र र अश्लिल टिप्पणी गरेपछि एक जना कवि पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले गुञ्जन राईलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलामका गुञ्जन नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए । ‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कविता छनोटमा परेका उनले प्रतिष्ठालाई समेत चितवन घर भनेर ढाँटेका थिए ।
उनै गुञ्जनले गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि अशोभनीय टिप्पणी गरेका हुन् । त्यसविरुद्ध एलिनाले केही दिनअघि साइबर ब्यूरोमा जाहेरी दिएको र आज प्रहरीले गुञ्जनलाई नियन्त्रणमा लिएको हो । राईलाई आजै जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरिँदै छ ।