गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच सम्झौता

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०१:२९

गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध भएको छ ।

यी दुवै पक्षबिच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधवप्रसाद उपाध्याय र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।

एनसिएचएलले हालै एनपिएस–एनसिएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेको छ । बैंक, वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड जारी र प्राप्तिका लागि आफ्नो स्विच एकीकृत गर्न आग्रह गरेको थियो ।

त्यससँगै बैंक, वित्तीय संस्था नेपाल पेमा आबद्ध भइरहेका छन् । पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् गरिमा विकास बैंकका ग्राहकले कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।