प्रधानमन्त्री ओली आज स्पेनबाट स्वदेश फर्किँदै

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०७:२०

स्पेनको औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वेदश फर्किँदै हुनुहुन्छ । ओली स्वदेश फर्कने क्रममा स्पेनबाट कतारको दोहा प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गर्नुभयो ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान गर्नुभएको हो ।

गत असार १४ गते स्पेन गएका प्रधानमन्त्री ओली आज शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

२९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली असार १४ गते स्पेन जानुभएको थियो ।

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०७:२०