प्रधानमन्त्री ओली स्पेनको भ्रमण पूरागरी आज स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो साताव्यापी लामो स्पेनको भ्रमण पूरा गरेर स्वदेश फिर्ता हुनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ुविकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली नेपाल फर्किन मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको थियो ।

२९ सदस्यीय प्रतिनिधि मण्डलमा प्रधामन्त्री पत्नि राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार र परराष्ट्रमन्त्रालयका अधिकारीहरु सहभागि थिए।