नेपाल कसरी बनाउने भन्न अमेरिकाबाट फर्कनु पर्दैन : दिलनिसनी मगर

  • Clock icon
    २०८२ असार २०, शुक्रबार २०:४३
नेपालको विकास कसरी गर्ने भनेर सिकाउन कोही अमेरिका बाट फर्किनु पर्दैन, कोही युरोप बाट फर्किन पनि पर्दैन। गाउँमा दुःख, कष्ट गरेर बसिरहेका सबैलाई थाहा छ, देशको विकास कसरी गर्नु पर्छ भनेर। देशमा धूलो, धुँवा खाएर, प्रशासनिक भ्रष्टहरुको चेपुवामा परेर जीविकोपार्जनका लागि संघर्ष गरिरहेका हरेकलाई थाहा छ, नेपालको प्रमुख समस्या के हो भनेर।
उब्जनी भएको महिनामा टमाटर बिक्री होस्, उचित मूल्यमा दूध र कुखुरा बिक्री होस्। चाहिएको समयमा खेतीको लागि मल पाइयोस्, पशुपालनलाई आधुनिकीकरण गरियोस्, स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजार ग्रहण गरोस्, साना तिना उद्योगलाई राज्यले कर असुली नगरोस्, पर्यटनको क्षेत्रमा राज्यको लगानी बढोस्। कुनै रकेट साइन्स चाहिँदैन, नेपालको सन्दर्भमा विकास भनेको यही हो।