कांग्रेसले आर्थिक नीतिको स्पष्ट बाटो देखाउनुर्छ : प्रा.डा. पोखरेल

  • Clock icon
    २०८२ असार २१, शनिबार २०:०१

नेपाली कांग्रेस नेता तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेस पार्टी अब स्पष्ट, विश्वासिलो र यथार्थमा आधारित आर्थिक नीतिको दिशातर्फ गम्भीर रूपमा अग्रसर हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा पोखरेलले धारणा राख्दै कांग्रेसको विचारले कांग्रेसभित्र दिगो आर्थिक नीति निर्माण, प्रशिक्षण, र जनविश्वास पुनःस्थापनाको स्पष्ट आवश्यकता औल्याउनुभएको हो । अब कांग्रेसले आफ्नो ऐतिहासिक संघर्षको मूल्यलाई भविष्यमा आर्थिक नेतृत्व गर्न सकेमात्र उसले आफ्नो राजनीतिक पुनःउत्थान सम्भव बनाउनेसमेत उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत आफ्नो विचारपत्रमार्फत पोखरेलले जनताको विश्वास गुमाउँदै गएको पार्टीलाई पुनः जनमुखी बनाउने हो भने आर्थिक सुशासन, निजी क्षेत्रमैत्री नीति, सार्वजनिक लगानीको प्रभावकारिता, तथा संरचनागत सुधारमा केन्द्रित स्पष्ट आर्थिक दृष्टिकोण अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

पोखरेलले १५औँ महाधिवेशन २०८२ भित्रै सम्पन्न गर्ने निर्णय अहिलेको केन्द्रीय समितिबाट लिन आग्रह गरेका छन्। उनले महाधिवेशनसँगै पार्टीको नीति दस्तावेजलाई अद्यावधिक गरी, आधुनिक आर्थिक यथार्थ झल्किने गरी बनाउने कार्य थाल्नुपर्ने बताएका छन्।

  • Clock icon
    २०८२ असार २१, शनिबार २०:०१