नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पाण्डेले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकीय क्षेत्रहरू राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने धारणा राखे। उनले भने, “९ बजे होटल बन्द गर्छन्। ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन्। सुत्न नपाएर नेपाल आएको पनि होइन। पुलिस जान्छ सेक्युरिटी छैन भन्छ। त्यो स्पेसल पुलिस राख्नुपर्छ। किन ९ बजे नै बन्द गर्नेरु”
उनले पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै, पर्यटकहरूका लागि पर्यटन क्षेत्रहरू २४ सै घण्टा खुला गर्नुपर्नेमा जोड दिए।