प्रधानमन्त्रीद्वारा महिला फुटबल टोलीलाई आज राती हुने खेलको लागि शुभकामना

  • Clock icon
    २०८२ असार २१, शनिबार १७:३०
केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीलाई आज राती हुने खेलको लागि शुभकामना दिएका छन् । आज भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले टोलीलाई जितको लागि शुभकामना दिएका हुन् । नेपाल आज नेपाली समयअनुसार राति ९:१५ बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। उज्बेकिस्तानलाई जितेमा नेपाल २०२६ मा अस्ट्रेलियामा हुने AFC Women’s Asian Cup को लागि छनोट हुनेछ।