नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे।
‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस्,’ थापाले भने, ‘तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। दुई वटै रङ। यो देशमा केही राम्रो भएको छ। केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्। गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस्। बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न। नथाक्नुस्, नभाग्नुस्। नगल्नुस्। अडिएर बस्नुस्। नयाँ कुरा सिक्नुस्। क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस्।’
गगन थापा पछिल्लो समय कम बोल्नुका साथै सार्वजनिक कार्यक्रममा समेत काम देखिन्छन् ।