पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल

  • Clock icon
    २०८२ असार २१, शनिबार १७:२१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्धिका निम्ति धेरै कुराहरु रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे।

पर्यटन क्षेत्रमा लगानी प्रववद्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको मन्त्री पौडेलले बताए।