स्मार्टफोन ढुवानी : ह्वावे र एप्पल अगाडी

  • Clock icon
    २०८२ असार २१, शनिबार २१:०१

यस वर्षको दोस्रो त्रैमास (अप्रिल–जुन महिना) मा चिनियाँ स्मार्टफोन बजारमा नगण्य वृद्धि देखिएको छ।

गत वर्षको सोही अवधिको तुलनामा कुल ढुवानीमा केवल १ प्रतिशत मात्र वृद्धि भएको बताइएको छ। ह्वावे र एप्पलले वर्षिक रुपमा वृद्धिको हिसाबले सबै कम्पनीहरूको नेतृत्व गर्ने अपेक्षा गरिएको काउन्टरपोइन्टको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।

ह्वावेले ढुवानीमा १२ प्रतिशत वृद्धिका साथ सबै ब्रान्डहरूको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। मुख्यतया वार्षिक ६१८ किनमेल महोत्सवको समयमा ह्वावेको डिभाइसहरूको बलियो माग र चलिरहेको सरकारी अनुदान कार्यक्रमको कारणले गर्दा कम्पनीले यो तथ्याङ्कको नतिजा हात पारेको उल्लेख गरिएको छ।

राष्ट्रिय अनुदान कार्यक्रमले ६,००० चिनियाँ युआन (८२० अमेरिकी डलर) भन्दा कम मूल्यका स्मार्टफोन, ट्याब्लेट, स्मार्ट ब्यान्ड र स्मार्टवाचहरूलाई समेट्छ भने एक पटकको लागि ५०० चिनियाँ युआन (६८ अमेरिकी डलर) सम्मको छुट प्रदान गर्दछ। यद्यपि यो कार्यक्रम वर्षको दोस्रो भागमा फिर्ता हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

त्यसैगरी अनुमानित ८ प्रतिशत वृद्धिको साथ एप्पल एक मात्र शीर्ष–पाँच ब्रान्ड बनेको छ जसले दोस्रो त्रैमासिक अवधिको लागि सकारात्मक ढुवानी देख्ने अपेक्षा गरिएको छ। चीनको ६१८ किनमेल महोत्सवको ठीक अगाडि छुटको कारणले गर्दा एप्पलले मे महिनामा आफ्नो आईफोन १६ सरिजको माग बढेको देखेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।