विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा प्रकाशचन्द्र परियार

विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले पाएका छन्।

अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारले पाएका हुन्।

शनिबार (आज) जर्मनी उडेकी अध्यक्ष बाँस्कोटा असार ३१ गतेसम्म त्यतै रहनेछिन्।